गृहपृष्ठ हेलिकोप्टर दुर्घटना अपडेट : सबै सात जनाको मृत्यु

हेलिकोप्टर दुर्घटना अपडेट : सबै सात जनाको मृत्यु

Helicopter Crash_NewsKarobar

बुधबार ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परी हेलिकप्टरमा सवार सबै सात जनाको निधन भएको छ । उक्त हेलिकप्टरमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीसहित सात जना सवार थिए ।

बुधबार ताप्लेजुङको सिस्नेखोलामा उक्त दुर्घटना भएको थियो । काठमाडौंबाट तेह्रथुमका लागि उडेको एअर डाइनेस्टीको हेलिकप्टर प्रभाकर श्रेष्ठले चलाएका थिए । मन्त्री अधिकारी, श्रेष्ठसहित दुर्घटनाग्रस्ट हेलिकप्टरमा यति एरलाइन्सका आङछिरिङ सेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, प्राधिकरणकै इन्जिनियर ध्रुव भोची भया, प्रधानमन्त्री कार्यालयका सल्लाहकार युवराज दाहाल, मन्त्री अधिकारीका पिएसओ अर्जुन घिमिरे सवार थिए ।

प्रकाशित समय १५:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु