गृहपृष्ठ ताप्लेजुङ दुर्घटना खराब मौसमका कारण : गृह प्रवक्ता

ताप्लेजुङ दुर्घटना खराब मौसमका कारण : गृह प्रवक्ता

बुधबार ताप्लेजुङमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीसहित ७ जना सवार हेलिकप्टर खराब मौसमका कारण दुर्घटना भएको गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले जानकरी दिएका छन् ।

बुधबार गृहमन्त्रालयमा पत्रकार सम्मेलन गरी उनले मन्त्री अधिरकारी र उनका सुरक्षा गार्डको मात्र शव पहिचान गर्न सक्ने अवस्थामा भएको जानकारी दिए ।

घटनाको पुष्टि गर्दै सुवेदीले हेलिकप्टरमा सवार सबै सातजनाको निधन भएको जानकारी दिए । सुवेदीका अनुसार पाथिभरा मन्दिर दर्शन गरेर फर्कने क्रममा मन्दिरबाट एक किलोमिटर टाढा हेलिकप्टर दुर्घटना भएको हो ।

मृतकहरूको शव लिन दुईवटा हेलिकप्टर गएकामा घटनास्थलमा अवतरण गर्न नसकेकाले हेलिकप्टर अवतरण गरेका स्थानसम्म शव ल्याउन समय लाग्ने उनले जानकारी दिए ।

प्रकाशित समय १७:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु