गृहपृष्ठ विप्लव समूहका कार्यकर्ता अत्याधुनिक हतियारसहित पक्राउ

विप्लव समूहका कार्यकर्ता अत्याधुनिक हतियारसहित पक्राउ

pakrau-arrest-newskarobar

नेत्रविक्रम चन्द विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीका एक कार्यकर्ता द्वन्दकालको अत्याधुनिक हतियारसहित धरानवाट पक्राउ परेका छन् ।

धरान-६ स्थित पानवारीमा ट्राफिक चेकिङको क्रममा विप्लव समूहका सुनसरी इन्चार्ज संगीत भनिने देवकुमार लिम्बु अत्याधुनिक हतियारसहित पक्राउ परेको प्रहरीले जनाएको छ ।

लिम्बुको साथबाट एलएमजी र एम- १६ राइफल समेत बरामत गरिएको १ नम्बर प्रदेश प्रहरी कार्यलयका प्रमुख डिआइजी केदार रिजालले जानकारी दिए ।

पूर्वी ब्युरो सदस्य समेत रहेका लिम्बुसँगै मोटरसाइकलमा सवार अर्का एक माओवादी कार्यकर्ता भने फरार भएको र उनको खोजी भइरहेको इलाका प्रहरी कार्यलय धरानले जनाएको छ ।

मोरङको बेलबारी १० घर भएका लिम्बुलाई पानमारास्थित सडकमा नियमित चेकजाँचमा खटिएको ट्राफिक प्रहरीको टोलीले मोटरसाइकलबाट मोरङतर्फ जाँदै गर्दा पक्राउ गरेको हो ।

बरामद हतियार युद्धकालमा नेपाली सेनाबाट लुटिएको हतियार भएको प्रहरीको भनाई छ । अमेरिकामा निर्मित एम-१६ राइफल नेपाली सेनाले युद्धकै क्रममा खरिद गरेको र सो हतियार नेपाली सेना साथ मात्र रहेका कारण पनि युद्ध कालमा लुटिएको हतियार भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले दावी गरेको छ ।

प्रकाशित समय १९:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु