गृहपृष्ठ ट्रयाक्टरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

ट्रयाक्टरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

durghatna1-newskarobar

मोरङको कटहरी गाउँपालिका-२ मा ट्रयाक्टरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । विराटनगरतर्फ आउँदै गरेको को १ त ४४१४ नम्बरको ट्रयाक्टरले विपरीत दिशातर्फ जाँदै गरेको को १९ प ७५५७ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक धनपालथान गाउँपालिका-२ का ७२ वर्षीय परमानन्द झा गम्भीर घाईते भएका थिए ।

घाईते झाको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । घटनामा संलग्न ट्रयाक्टर चालकलाई वडा प्रहरी कार्यालय (ख) हाटखोलाले  नियन्त्रणमा राखेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय १९:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु