गृहपृष्ठ शोकमा देश !

शोकमा देश !

ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहितको सातै जनाको शव काठमाडौँ ल्याइएको छ । बिहीबार दिउँसो नेपाली सेनाको एमआई १७ हेलिकोप्टरमा सातै जनाको शव ताप्लेजुङबाट काठमाडौं ल्याइएको हो ।  उनीहरुको शव ल्याउँदा विमानस्थल शोकाकुल भएको थियो । बुधबार ताप्लेजुङको पाथिभरास्थित सिस्ने खोला क्षेत्रमा भएको हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरङ शेर्पा, नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका उपसिचव युवराज दाहाल, मन्त्रीका अंगरक्षक अर्जुनकुमार घिमिरे, प्राधिकरणका इन्जिनियर ध्रुवदास भोछिभया र क्याप्टेन प्रभाकर केसीको मृत्यु भएको थियो ।

तस्बिर : सुनिल प्रधान

प्रकाशित समय १५:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु