गृहपृष्ठ मन्त्री अधिकारीको शव पोखरामा
मन्त्री अधिकारीको शव पोखरामा
बुधबार हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीको शव उनको गृहनगर पोखरा पुर्याइउको छ ।
काठमाडौंको टुँडीखेलमा श्रद्धाञ्जलीपश्चात उनको शव गृहनगर पोखरा लगिएको हो । मन्त्री अधिकारीको शव ल्याउने भएपछि उनका आफन्तजन, पार्टीका नेता तथा कार्यकर्ता विहानैदेखि पोखरा विमानस्थलमा जम्मा भएका थिए ।
उनको शवलाई नयाँबजारस्थित पोखरा प्रदर्शनी केन्द्रमा अन्तिम श्रद्धाञ्जलिका लागि राखिनेछ । श्रद्धाञ्जलिपश्चात् पोखराको नयाँबजार, महेन्द्रपुल, रानीपौवा, अस्पतालचोक र गीता मन्दिर हुँदै रामघाटसम्म शवयात्रा गरी राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने कार्यक्रम छ ।
प्रकाशित समय १४:१० बजे

















