गृहपृष्ठ भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था नाजुक
भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था नाजुक
फाइल तस्बिर
पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था थप जटिल बनेको छ । लामो समयदेखि थलिएका उनको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ ।
धुम्बाराहीस्थित ह्याम्स अस्पतालको आइसियुमा राखेर उनको उपचार हुँदै आएको थियो । शुक्रबार अधिकारी अचेत भएपछि उनलाई भेन्टिलेटरमा राखिएको अस्पतालले जनाएको छ । श्वासप्रश्वास लगायत विभिन्न समस्या देखिएपछि अधिकारी माघको दोस्रो सातादेखि ह्याम्स अस्पतालमा उपचाररत थिए । ८२ वर्षीय अधिकारीको मुटु र फोक्सोमा समस्या देखिएको छ ।
उनलाई वरिष्ठ छातीरोग विशेषज्ञ अर्जुन कार्कीको टिमले हेरिरहेको छ । डाक्टर रक्षा पाण्डे, डा सविन कोइराला लगायतको टीम उनको उपचारमा संग्लग्न छ । छाती रोग र मुटुरोग विशेषज्ञहरुले उपचार गरिरहेको अस्पतालले जनाएको छ ।
प्रकाशित समय १५:१५ बजे

















