गृहपृष्ठ पूर्वउपप्रधानमन्त्री अधिकारीको स्वास्थ्य गम्भीर, नेकपाका नेता अस्पतालमा
पूर्वउपप्रधानमन्त्री अधिकारीको स्वास्थ्य गम्भीर, नेकपाका नेता अस्पतालमा
पूर्वउपप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता भरतमोहन अधिकारीको पछिल्लो स्वास्थ्य अवस्था बुझ्न नेकपाका शीर्ष तहका नेताहरु अस्पताल पुगेका छन् । श्वासप्रश्वास र निमोनियालगायतका समस्याबाट पीडित ८३ वर्षीय अधिकारीलाई भेट्न नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता माधवकुमार नेपाल, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, नेता देव गुरुङलगायत काठमाडौंको ह्याम्स अस्पताल पुगेका हुन् । अधिकारी दुई महिनायता उपचाररत छन् ।
ललितपुरको मेडिसिटी अस्पतालमा एक महिना प्रयास गर्दा पनि स्वास्थ्यमा सुधार नआएपछि दुई सातायता उनलाई ह्याम्स अस्पतालमा सारिएको छ । अधिकारीको १६ दिनदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । अधिकारीको स्वास्थ्यमा सुधान नहुने अवस्था देखिएको भन्दै भेन्टिलेटरबाट हटाउने तयारी भइरहेको छ ।
अधिकारीको शुक्रबार साँझदेखि पिसाब रोकिएको थियो भने अस्पतालले शनिबार दिउँसो साढे ४ बजे पत्रकार सम्मेलन गरेर स्वास्थ्य अवस्था क्रिटिकल रहेको जनाएको छ ।
प्रकाशित समय २१:३४ बजे

















