गृहपृष्ठ पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको निधन
पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको निधन
पूर्वउपप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता भरतमोहन अधिकारीको निधन भएको छ । ८३ वर्षीय अधिकारीको उपचारका क्रममा शनिबार निधन भएको हो ।
अधिकारी श्वासप्रश्वास र निमोनियालगायतका समस्याबाट पीडित भएपछि दुई महिनायता उपचाररत थिए । मेडिसिटी अस्पतालमा एक महिनाको उपचारपछि पनि स्वास्थ्यमा सुधार नआएपछि दुई सातायता उनलाई ह्याम्स अस्पतालमा सारिएको थियो । अधिकारीलाई १६ दिनदेखि भेन्टिलेटरमा राखिएको थियो ।
अधिकारीको शुक्रबार साँझदेखि पिसाब रोकिएको थियो । अस्पतालले शनिबार दिउँसो साढे ४ बजे पत्रकार सम्मेलन गरेर अधिकारीको सबै अंगले काम गर्न छोडेको जनाएको थियो । अस्पतालले अधिकारीलाई बचाउन नसक्ने बताएको केही घण्टापछि निधन भएको अस्पतालले विज्ञप्तिमार्फत जनाएको छ ।

प्रकाशित समय २२:१६ बजे

















