गृहपृष्ठ अस्ताए जेष्ठ नागरिकका सहारा भरतमोहन अधिकारी
अस्ताए जेष्ठ नागरिकका सहारा भरतमोहन अधिकारी
नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता भरतमोहन अधिकारी सन् १९३६ मा महोत्तरीको भावरपूर्ण गाउँमा जन्मिएका हुन् । अधिकारी १६ वर्षको उमरदेखि नै राजनीतिमा संलग्न भई क्रियाशील रहँदै आएका थिए । भरतमोहन, दाजु मनमोहन अधिकारी प्रधानमन्त्री भएका बेला २०५१ साल पुसमा पहिलोपटक अर्थमन्त्री बनेका थिए ।
अधिकारी चारपटक अर्थमन्त्री, एकपटक यातायात तथा निर्माणमन्त्री, चारपटक सांसद, संसदीय दलको उपनेता बनेका थिए । उनले प्रमुख सचेतक, पार्टीको आर्थिक, उद्योग, संसदीय, अनुगमनलगायतका विभागमा प्रमुखको जिम्मेवारी बहन गरेका थिए । अधिकारी अर्थमन्त्री हुँदा अघि सारिएको ‘आफ्नो गाउँ आफैँ बनाऔँ’ कार्यक्रम, वृद्धभत्ता र सुत्केरी खर्च अत्यन्तै लोकप्रिय बनेको छ ।
६ दशक राजनीतिमा सक्रिय नेता अधिकारी अर्थमन्त्री हुँदा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई वृद्धभत्ता दिन थालेका थिए । वृद्धभत्ता र स्थानीय निकायमा विकास बजेट बिनियोजन अधिकारीकै योजना थियो । संसद विघटनपश्चात बनेको शेरबहादुर देउवा नेतृत्व सरकारमा अधिकारी उपप्रधानमन्त्री तथा अर्थमन्त्री बनेका थिए । त्यसबेला पनि उनँले अस्पतालमा सुत्केरी हुनेलाई भत्ता दिने व्यवस्था गरेका थिए । अस्पतालमा सुत्केरी हुनेले हिमाली क्षेत्रमा १ हजार ५ सय, पहाडी क्षेत्रमा १ हजार र तराईमा ५ सय रुपैयाँ पाउने गरेका छन् ।
पटकपटक सरकारमा रहेर उल्लेखनीय काम गर्नुभएका अधिकारीले पहिलो पटक अर्थमन्त्री हुँदा अघि सारिएको ‘आफ्नो गाउँ आफैँ बनाऔँ’ कार्यक्रम, वृद्धभत्ता र सुत्केरी खर्च अत्यन्तै लोकप्रिय बनेको छ ।
२०४७ मा संविधान मस्यौदा समिति सदस्य अधिकारी मोरङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा दुईपटक निर्वाचित भएका थिए । अधिकारी मनमोहन मेमोरियल फाउन्डेसनका संस्थापक अध्यक्ष थिए । ७० वर्ष पुगेपछि पार्टीको सक्रिय जिम्मेवारीबाट अवकाश लिने नीतिबमोजिम उनँले तत्कालिन नेकपा एमालेको नवौँ महाधिवेशनबाट अवकाश लिएका थिए । देशकै मूर्धन्य अर्थशास्त्रीमा गणना हुने अधिकारी पटकपटक मन्त्री रहँदा चरित्र निष्कलंक र बेदाग रहे । अधिकारीका पत्नी र दुई छोरी छन् ।
पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको निधन
प्रकाशित समय २२:२५ बजे

















