गृहपृष्ठ ग्याङ फाइटमा २२ वर्षे युवाको मृत्यु
ग्याङ फाइटमा २२ वर्षे युवाको मृत्यु
सांकेतिक तस्बिर ।
पोखरामा ग्याङ फाइटमा घाइते भएका एक युवाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा २२ वर्षीय मनोज गर्बुजा छन् । पोखरा महानगर–१६ लामाचौरका गर्बुजाको उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । कास्की माछापुच्छ्रे–२ च्याङ्लुङ्मा गाँउमा दुई समूहबीच झडप परेको थियो । झगडामा घाईते गर्बुजासहित ३ जना घाइते भएका थिए । लामाचौरकै २६ वर्षीय लालबहादुर गुरुङ र १८ वर्षीय शिव बानियाँ घाइते भएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले झगडामा संलग्न १२ जनालाई नियन्त्रणमा लिएको छ ।
प्रकाशित समय ०७:५१ बजे

















