गृहपृष्ठ पूर्वमन्त्री अधिकारीलाई अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिँदै
पूर्वमन्त्री अधिकारीलाई अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिँदै
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भरतमोहन अधिकारीको ८२ वर्षको उमेरमा गए राति निधन भएको छ ।
बिहान ९ बजेदेखि १२ बजेसम्म उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका पार्टी कार्यालय धुम्बाराहीमा राखिने बताइएको छ । अधिकारीको शनिबार राति उपचारकै क्रममा काठमाडौंको ह्याम्स अस्प्तालमा निधन भएको थियो । विस. १९९३ साल वैशाख २२ गते महोत्तरीको भमरपुरमा अधिकारीको जन्म भएको थियो ।
दुईपटक उपप्रधानमन्त्री भएका अधिकारीले चारपटक अर्थमन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।
प्रकाशित समय ०७:५९ बजे

















