गृहपृष्ठ नेपाल क्रिकेट संघ (क्यान)को निलम्बन फुकुवा अन्यौलमा

नेपाल क्रिकेट संघ (क्यान)को निलम्बन फुकुवा अन्यौलमा

नेपाल क्रिकेट संघ क्यानको निलम्बन फुकुवाको समय थप लम्बिने भएको छ ।

आईसीसीको बोर्ड बैठक शनिबार सकिएसँगै क्यान फुकुवा अनिश्चित बनेको हो । ६ दिन चलेको बैठकमा नेपालको विषयमा कुनै पनि निर्णय भएन । बैठकले क्यानको निलम्बन फुकुवाका विषयमा निर्णय लिने अपेक्षा थियो ।

आईसीसीले यसै वर्ष इंग्ल्याण्डमा हुने एक दिवसीय विश्वकप, यूएई र स्कटल्याण्डमा आयोजना हुने टी–२० विश्वकप छनोट प्रतियोगिताको बारेमा मात्रै निर्णय गरेको बताइएको छ ।

प्रकाशित समय ०७:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु