गृहपृष्ठ भारतविरुद्धको चौथो एक दिवसीय खेलमा अष्ट्रेलिया विजयी

भारतविरुद्धको चौथो एक दिवसीय खेलमा अष्ट्रेलिया विजयी

भारतविरुद्धको चौथो एक दिवसीय खेलमा अष्ट्रेलियाले जित निकालेको छ ।

भारतलाई चार विकेटले पराजित गर्दै अष्ट्रेलियाले पाँच खेलको शृङ्खला २–२ को बराबरीमा ल्याएको हो । सुरुका दुई खेलमा भारत लगातार विजयी भएको थियो भने तेस्रो र चौथो खेलमा अष्ट्रेलिया जित निकाल्न सफल भयो । भारतले दिएको ३५९ रनको विशाल लक्ष्य अष्ट्रेलियाले ४७.५ ओभरमा ६ विकेट गुमाएर भेट्टायो ।

पिटर ह्याण्ड्सकमले ११७ रनको शतकीय योगदान गरे । उश्मान ख्वाजाले ९१ रन जोड्दा एश्टन जेम्स टर्नरले ८४ रनको योगदान गरे । ओपनर एरोन फिन्च भने डकआउट भएका थिए ।

जस्प्रित बुम्राहल तीन विकेट लिए । टस जितेर ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३५८ रन जोडेको थियो । शिखर धवनले १४३ रनको शतकीय योगदान गरे । यस्तै रोहित शर्माले ९५ र रिशब पन्तले ३६ रनको योगदान दिए । प्याट कमिन्सले पाँच विकेट लिएका थिए भने जेई रिचार्डसनको नाममा तीन विकेट रह्यो ।

निर्णायक एक दिवसीय खेल बुधबार दिल्लीमा हुनेछ ।

प्रकाशित समय ०८:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु