गृहपृष्ठ साफ महिला फुटबल खेल्ने खेलाडीलाई एक लाख पुरस्कार

साफ महिला फुटबल खेल्ने खेलाडीलाई एक लाख पुरस्कार

अखिल नेपाल फुटबल संघ (एन्फा)ले पाँचौ साफ फुटबल प्रतियोगिता खेल्ने प्रत्येक खेलाडीलाई एक लाख नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । विराटनगरमा भएको प्रतियोगितामा नेपाल उपविजेता भएको थियो ।

भारतसँग फाइनलमा नेपाल ३–१ ले पराजित भएको थियो । एन्फा प्रवक्ता किरण राईले प्रत्येक खेलाडीलाई एक लाख नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको जानकारी दिए ।

यसअघि पाँचौ साफ फुटबल खेल्ने खेलाडीलाई प्रदेश सरकारले एक लाख तथा विराटनगर महानगरपालिकाले ५० हजार प्रदान गर्ने निर्णय गरेको थियो ।

प्रकाशित समय १०:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु