गृहपृष्ठ मातृभूमि कप क्रिकेट प्रतियोगिता स्थगित

मातृभूमि कप क्रिकेट प्रतियोगिता स्थगित

मातृभूमि कप क्रिकेट प्रतियोगिताको आजका लागि तय खेल स्थगित भएको छ । धुर्मुस सुन्तली फाउन्डेसनले चितवनको भरतपुरमा निर्माण गर्न लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालाको सहयोगार्थ आयोजना गरेको प्रतियोगिता पानी परेका कारण स्थगित भएको हो ।

काठमाडौं उपत्यकामा वर्षा भएपछि खेल स्थगित गर्नुपरेको हो । मातृभूमि कपमा नेपाली राष्ट्रिय टोलीका कप्तान पारसको कप्तानीमा रहेको टोलीलाई नेपाल टिम ‘ए’ र ज्ञानेन्द्रको कप्तानीमा रहेको टोलीलाई नेपाल टिम ‘बी’ नाम गरि दुई टोली बनाइएको थियो ।

दुई टोलीको कप्तानी चर्चित हास्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले गरेका थिए । कलाकारहरुको टिमलाई नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक जगत टमाटाले प्रशिक्षण दिइरहेका छन् ।

प्रकाशित समय १२:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु