गृहपृष्ठ वल्भ्ससँग आर्सनल पराजित
वल्भ्ससँग आर्सनल पराजित
इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गए रातिको खेलमा वल्भ्ससँग आर्सनलले लज्जास्पद हार बेहोेरेको छ । आर्सनल घरेलु टोलीसँग ३–१ गोलले पराजित भएको हो ।
वल्भ्सको जितमा रुवेन नेभेस, माट डोहर्टी र डिएगो जोटाले गोल गरे । आर्सनलका सोक्रेटिसले सान्त्वाना गोल फर्काएका थिए । २८औं मिनेटमा रुवेन नेभेसले गोल गर्दै अग्रता दिलाए । ३७औं मिनेटमा माट डोहर्टीले गोल गर्दै अग्रता फराकिलो पारे । पहिलो हाफको इन्ज्युरी समयमा डिएगो जोटाले गोल गर्दै घरेलु टोलीलाई पहिलो हाफमा ३–० को अग्रता दिलाए ।
८०औं मिनेटमा सोक्रेटिसले गोल गरे पनि आर्सनल खेलमा फर्किन सकेन । हारसँगै आर्सनल ३५ खेलबाट ६६ अंक जोडेर पाँचौ स्थानमा छ । चौथो स्थानको चेल्सीको ६७ अंक रहेको छ । आर्सनललाई हराएको वल्भ्स ५१ अंकसहित साताैं स्थानमा उक्लिएको छ ।
प्रकाशित समय ०८:०६ बजे

















