गृहपृष्ठ बायर्न म्युनिख जर्मन कपको फाइनलमा

बायर्न म्युनिख जर्मन कपको फाइनलमा

साविक विजेता बायर्न म्युनिख वेरडर ब्रेमेनलाई पराजित गर्दै जर्मन कपको फाइनलमा प्रवेश गरेको छ ।

अन्तिम समयमा रोबर्ट लेवान्डोस्कीले पेनाल्टीमार्फत गोल गरेपछि बायर्नले वेरडर ब्रेमेनमाथि ३–२ को को रोमाञ्चक जित निकाल्दै उपाधि नजिक पुगेको हो । बायर्नको जितमा दुई गोल लेवान्डोस्कीले गरे भने एक गोल थोमस मुलरले थपे । वेरडरका युया ओसाको र मिलोट रासिकाले एक–एक गोल गरे ।

३६औं मिनेटमा रोबर्टले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । ६३औं मिनेटमा थोमस मुलरले गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे । दुई मिनेटकै अन्तरमा को अन्तरमा वेरडरले दुई गोल गरेपछि खेल २–२ गोलको स्थितिमा पुग्यो ।

८०औं मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै रोबर्टले खेल बायर्नको पक्षमा पारे । अब बायर्नले उपाधिका लागि २६ मे मा आरबी लेपिजिजसँग प्रतिस्पर्धा गर्नेछ । आरबीले ह्यामवर्गर एसभीलाई हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको थियो ।

प्रकाशित समय ०९:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु