गृहपृष्ठ प्रधानमन्त्री कपमा प्रदेश ३ विरुद्ध एपीएफ विजयी

प्रधानमन्त्री कपमा प्रदेश ३ विरुद्ध एपीएफ विजयी

paras-khadka-newskarobar एपीएफविरुद्ध बलिङ गर्दै प्रदेश ३ का कप्तान पारस । तस्बिर : रासस

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टोली सशस्त्र प्रहरी बल एपीएफले विजयी सुरुवात गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको खेलमा एपीएफले प्रदेश ३ लाई ४१ रनले हराएको हो ।

एपीएफले दिएको २८९ रनको लक्ष्य पछ्याएको राष्ट्रिय टोलीका कप्तान पारस खड्काको नेतृत्वमा रहेको प्रदेश ३ ले ५० ओभरमा ९ विकेट गुमाएर जम्मा २४७ रन बनायो । प्रदेश ३ का लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ११७ रनको योगदान दिए । कप्तान खड्काले ४६ तथा रित गौतमले २७ रन बनाए । एपीएफका कमलसिंह ऐरीले तीन तथा अविनाश बोहराले २ विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले ५० ओभरमा ९ विकेट गुमाएर २८८ रन बनाएको थियो । एपीएफका लागि सुमित महर्जनले ९४ तथा कप्तान पृथु बाँस्कोटाले ५९ रन बनाए । प्रदीपसिंह ऐरीले ४० रन जोडे । प्रदेश ३ का नन्दनकुमार यादव र जितेन्द्र ठकुरीले तीन-तीन विकेट लिए ।

प्रकाशित समय २०:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु