गृहपृष्ठ विश्वकपमा सकिव अल हसनले वार्नर र युवराजलाई पछि पारे
विश्वकपमा सकिव अल हसनले वार्नर र युवराजलाई पछि पारे
अफगानिस्तानविरूद्ध सोमबार भएको खेलमा सकिव अल हसनले कीर्तिमानी प्रदर्शन गरेका छन् । अलराउन्डर सकिबले विश्वकपको एउटै म्याचमा अर्धशतक र पाँच विकेट हासिल गरेका हुन् ।
यसअघि भारतका युवराज सिंहले सन् २०११ को विश्वकपमा आयरल्यान्डविरुद्ध पाँच विकेट लिएका थिए भने नटआउट ५० रन बनाएका थिए ।
सकिब एउटै विश्वकपमा ४ सयभन्दा बढी रन बनाउने र १० विकेट लिने खेलाडी बनेका छन् । विश्वकपमा यो कीर्तिमानी प्रदर्शन हो ।
जारी विश्वकपमा सकिबले सबैभन्दा धेरै रन बनाएका छन् । उनले सात खेलमा ४७६ रन बनाएका छन् । जबकि, अस्ट्रेलियाका ब्याट्सम्यान डेभिड वार्नरको ४४७ रन छ । सन् २०११ को विश्वकपमा भारतका युवराज सिंहले ३६२ रन बनाएका थिए भने १५ विकेट लिएका थिए ।
बलिङतर्फ तीनजना खेलाडीको बराबर विकेट छ । इंग्ल्यान्डका जोफ्रा आर्चर, अस्ट्रेलियाका मिचेल स्टार्क र पाकिस्तानका मोहम्मद आमिरले समान १५/१५ विकेट लिएका हुन् ।
प्रकाशित समय ०७:३६ बजे

















