गृहपृष्ठ कोपा अमेरिका : ब्राजिल र पाराग्वेको खेल टाइब्रेकरमा
कोपा अमेरिका : ब्राजिल र पाराग्वेको खेल टाइब्रेकरमा
कोपा अमेरिका फुटबलअन्तर्गत ब्राजिल र पाराग्वेबीचको खेल टाइब्रेकरमा धकेलिएको छ ।
निर्धारित ९० र थप गरिएको सात मिनेटमा दुवै टोलीबाट गोल हुन नसक्दा खेल टाइब्रेकरमा धकेलिएको हो । दोस्रो हाफको ६० औं मिनेटमा पाराग्वे १० खेलाडीमा सीमित भयो । फाबियन बालबुएनाले रोबर्टो फिर्मिनोलाई लडाएपछि रेफ्रीले रातो कार्ड दिँदै ब्राजिललाई फ्रिकिक दिएका थिए ।
ब्राजिलले ७१ प्रतिशत बलमा नियन्त्रण राखे पनि गोल गर्न भने सकेन ।
प्रकाशित समय ०८:२४ बजे

















