गृहपृष्ठ विश्वकप क्रिकेट : इंग्ल्यान्ड र न्यूजिल्याण्डको भाग्य परीक्षा

विश्वकप क्रिकेट : इंग्ल्यान्ड र न्यूजिल्याण्डको भाग्य परीक्षा

विश्वकप क्रिकेटमा आज घरेलु टोली इंग्ल्यान्डले न्युजिल्यान्डको सामना गर्दैछ ।

सेमिफाइनलमा स्थान बनाउन दुवै टिमका लागि आजको खेल महत्वपूर्ण छ । रिभरसाइड ग्राउन्डमा हुने खेल नेपाली समयअनुसार सवा ३ बजे सुरु हुनेछ । घरेलु टोली इंग्ल्यान्ड विश्वकपको सेमीफाइनलमा पुग्न न्युजिल्यान्डलाई हराउनै पर्ने दबाबमा छ । यस्तै न्युजिल्यान्डले आजको खेल जिते आफ्नोसँगै पाकिस्तानको पनि भाग्य चम्काउने छ ।

इंग्ल्यान्ड आजको खेलमा पराजित भए र बंगलादेशलाई अन्तिम खेलमा हराउन सके पाकिस्तान विश्वकपको सेमिफाइनलमा पुग्नेछ । तर न्युजिल्यान्डलाई इंग्ल्यान्डले हराए पाकिस्तानको सम्भावना न्यून रहने छ । न्यूजिल्याण्डको नेट रनरेट पाकिस्तानको भन्दा राम्रो छ ।

प्रकाशित समय ११:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु