गृहपृष्ठ महिला विश्वकप फुटबलको उपाधि अमेरिकालाई
महिला विश्वकप फुटबलको उपाधि अमेरिकालाई
महिला विश्वकप फुटबलको उपाधिमाथि अमेरिकाले कब्जा जमाएको छ ।
फाइनलमा नेदरल्याण्ड्सलाई हराउँदै अमेरिकाले लगातार दोस्रो पटक उपाधि रक्षा गरेको हो । अमेरिकाको समग्रमा चार पटक विश्वकपको उपाधि जितेको छ । अमेरिकालाई उपाधि जिताउन मेगान रापिनोई र रोज लाभेलेले एक–एक गोल गरे । पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन ।
खेलको ६१औं मिनेटमा पाएको पेनाल्टीलाई रापिनोईले गोलमा परिणत गरिन् । ६९ औं मिनेटमा लाभेलेले गोल गर्दै अमेरिकालाई २–० को अग्रता दिलाइन् । नेदरल्याण्ड्स खेलमा फर्किन सकेन र अमेरिका च्याम्पियन बन्यो ।
प्रकाशित समय ०७:२२ बजे

















