गृहपृष्ठ कप्तान रोहित पौडेलको अर्धशतक
कप्तान रोहित पौडेलको अर्धशतक
श्रीलंकामा जारी एसीसी यू १९ एसिया कप क्रिकेटअन्तर्गत यूएईविरुद्धको खेलमा कप्तान रोहित पौडेलले अर्धशतक प्रहार गरेका छन् । उनी ६३ बलमा ५० रन बनाएर खेलिरहेका छन् । उनले ७ चौका प्रहार गरिसकेका छन् ।
यसअघि तेस्रो विकेटको रूपमा आसिफ सेख ४५ रनमा आउट भए । उनले ५४ बलमा ८ चौका प्रहार गरेका थिए । समान शून्य रनमा दुवै ओपनर गुमाएपछि नेपाल सुरुवाती दबाबमा थियो । अहिले भने नेपालले प्रदर्शन सुधारेको छ ।
नेपाल २६ ओभरमा ३ विकेटको क्षतिमा १३४ रन बनाएर खेलिरहेको छ ।
प्रकाशित समय ११:३५ बजे

















