गृहपृष्ठ ‘वुमन च्याम्पियन्स लिग क्रिकेट’को उपाधि चितवन राइनोजलाई

‘वुमन च्याम्पियन्स लिग क्रिकेट’को उपाधि चितवन राइनोजलाई

वुमन च्याम्पियन्स लिग क्रिकेटको उपाधि चितवन राइनोजले जितेकाे छ । त्रिवि क्रिकेट मैदानमा  बिहीबार भएको फाइनल भिडन्तमा क्याट क्विन काठमाडौंलाई ४५ रनले हराउँदै चितवन च्याम्पियन बनेको हो । उद्घाटन खेलमा पनि काठमाडौं चितवनसँग पराजित भएकाे थियाे ।

पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ४ विकेट गुमाएर ११२ रन बनाएकाे थियाे । चितवनका लागि काजल र कञ्चन श्रेष्ठले ४९ रनको साझेदारी गरे । त्यसपछि सुमन खतिवडाले रित कनोजियासँग ३५ रनको साझेदारी गरिन् । कप्तान इन्दु बर्माले पाँचौं विकेटका लागि प्यारी चौधरीसँग मिलेर अविजित २६ रनको साझेदारी गरेकी थिइन् ।

११३ रनको विजयी लक्ष्य पाएकाे काठमाडौं २० ओभरमा ६७ रन मात्र जाेडेर अलआउट भयाे । अप्सरी बेगमले १५ तथा ममता थापा र इश्वरी विष्टले समान १३/१३ रन बनाउनुबाहेक काठमाडाैँका अरू ब्याट्सवुमन चल्न सकेनन् ।

प्रकाशित समय १५:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु