गृहपृष्ठ दोस्रो टी–२० क्रिकेट : बंगलादेशविरुद्ध भारत ८ विकेटले विजयी
दोस्रो टी–२० क्रिकेट : बंगलादेशविरुद्ध भारत ८ विकेटले विजयी
कप्तान रोहित शर्माले ब्याटिङ गरेपछि बंगलादेशविरुद्धको दोस्रो टी–२० क्रिकेट खेलमा भारत आठ विकेटले विजयी भएको छ ।
बिहिबार राति भएको खेलमा एक सय ५४ रनको विजयी लक्ष्य पछ्याएको भारतले १५.४ ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो ।
भारतको जितमा ओपनर एवं कप्तान रोहित शर्माले ८५ रन बनाए । रोहितले ४३ बलमा ६ छक्का र ६ चौकाको सहयोगमा उक्त रन बनाएका थिए ।
त्यस्तै शिखर धवनले ३१, श्रेयस ऐरले अविजित २४ र केएल राहुलले आठ रन बनाए । बंगलादेशका अमीनुल स्लामले २ विकेट लिए ।
प्रकाशित समय ०९:३७ बजे

















