गृहपृष्ठ १३औँ साग : महिला फुटबलमा ४ देश मात्र सहभागी

१३औँ साग : महिला फुटबलमा ४ देश मात्र सहभागी

१३औं दक्षिण एसियाली खेलकुद (साग) महिला फुटबल प्रतियोगितामा ४ देशले मात्र सहभागिता जनाउने भएको छ ।साग प्रतियोगितामा नेपाल, भारत, माल्दिभ्स र श्रीलंकाले मात्र सहभागी हुने भएपछि राउन्ड रोविन लिग खेल खेलाइने भएको हो ।

जसमा पहिलो र दोस्रो स्थानमा दुई खेल खेलाइने छ त्यसपछि फेरि अर्को दुई खेलमध्ये फाइनलमा जाने टिमहरु भिड्ने छन् ।

शुक्रबार सार्वजनिक गरिएको खेल तालिकाअनुसार नेपालले पहिलो खेल श्रीलंकासँग खेल्नेछ । यस्तै भारतले पहिलो खेल माल्दिभ्ससंग खेल्नेछ ।

प्रकाशित समय १४:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु