गृहपृष्ठ आर्चरीमा भारत पनि सहभागी हुने भएपछि पोखरामा ८४० खेलाडी

आर्चरीमा भारत पनि सहभागी हुने भएपछि पोखरामा ८४० खेलाडी

13th sag game

१३औँ दक्षिण एसियाली खेलकुद (साग)का लागि पोखरामा ८ सय ४० खेलाडी सहभागी हुने भएका छन् । आर्चरीमा भारत पनि सहभागी हुने भएपछि सहभागी हुने खेलाडी संख्या बढेको हो । यसअघि ८ सय २४ खेलाडीमात्रै पोखरा आउने तय भएको थियो ।

प्राविधिक समितिका सचिव बलराम लामाका अनुसार अन्तिम समयमा भारतले आर्चरीका लागि ८ पुरुष र ८ महिला खेलाडी पठाउने भएको हो । आर्चरीमा १० स्वर्ण पदकका लागि भारतसहित, नेपाल, बंगलादेश, पाकिस्तान, भुटान र श्रीलंकाले प्रतिस्पर्धा गर्ने भएका छन् ।

पोखरामा आर्चरी, भारोत्तोलन, ह्याण्डबल, महिला फुटबल, बिच भलिबल, ट्राइयाथोलन, ब्याडमिन्टन र महिला क्रिकेट गरी आठ खेल सञ्चालन हुनेछन् । पोखरामै हुने भनिएको प्याराग्लाइडिङ भने अन्तिम समयमा रद्द गरिएको थियो । आठ खेलका लागि ४ सय ९ जना महिला र ३ सय २९ जना पुरुष खेलाडीले पोखरामा प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित समय ११:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु