गृहपृष्ठ महिला भलिबलमा भारतविरूद्ध नेपाललाई २-१ सेटको अग्रता

महिला भलिबलमा भारतविरूद्ध नेपाललाई २-१ सेटको अग्रता

साग भलिबल

महिला भलिबलमा नेपालले २-१ सेटले अग्रता लिएको छ । अहिले भइरहेकाे फाइनल खेलमा नेपाल दुई सेट जित्दै अग्रता कायम गरेकाे हाे ।

पहिलो सेट गुमाएको नेपाले दोस्रो सेटमा २५-२३ ले जित निकालेको थियो । तेस्रो सेट नेपालले २५-२१ ले जितेपछि उपाधिनजिक पुगेको हो । दोस्रो सेटमा नेपालले जित दर्ता गर्दै इतिहास पनि रचेको छ । महिला भलिबलमा नेपालले पहिलो पटक भारतलाई कुनै पनि सेटमा हराएको हो ।

पहिलो सेटमा भारत २५-१७ ले विजयी भएको थियो । निरन्तर अग्रता कायम गर्दै भारतले पहिलो सेटमा सोझो जित हात पारेको थियो ।

नेपाली महिला भलिबल टोली सागमा पहिलो पटक फाइनलमा पुगेको हो । यसअघि नेपाली महिला भलिबल टोलीले सन् १९९९, २००६ र २०१६ मा तीन पटक कास्य जितेको थियो । नेपालले सेमिफाइनलमा श्रीलंकालाई ३-० को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।

प्रकाशित समय १७:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु