गृहपृष्ठ जुनियर क्रिकेटमा चर्चा कमाउँदै राहुल द्रविडका छोरा समित
जुनियर क्रिकेटमा चर्चा कमाउँदै राहुल द्रविडका छोरा समित
काठमाडौँ । भारतीय पूर्वकप्तान राहुल द्रविडका छोरा समितले जुनियर क्रिकेटमा चर्चा कमाउदै आएका छन् ।
१४ सालका समितले कर्नाटका स्टेट एसोशियसनको जुनियर लिगमा खेल्दै उत्कृष्ट प्रदर्शन गरेका छन् ।
समितले भाइस प्रेसिडेन्ट टिमबाट खेल्दै धारवाड जोनविरुद्ध दोहोरो शतक प्रहार गरेका छन् । समितले २५६ बलमा २२ चौकासहित २०१ रन बनाएका थिए । त्यस्तै दोस्रो इनिंगमा ९४ रनको पारी खेलेका थिए ।
यति मात्र होइन समितले २६ रन दिएर ३ विकेट समेत लिएका थिए । बराबरीमा सकिएको यो खेलमा समितको टिमले पहिलो इनिंगमा ३७२ रन बनायो भने दोस्रो इनिंगमा १८० रन बनायो ।
प्रकाशित समय ०९:१२ बजे

















