गृहपृष्ठ ‘ए’ डिभिजन लिग : थ्रीस्टार दोस्रो स्थानमा उक्लियो

‘ए’ डिभिजन लिग : थ्रीस्टार दोस्रो स्थानमा उक्लियो

विभागीय टोली एपीएफ क्लबलाई १-० गोलले हराउँदै थ्रीस्टार क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । दशरथ रंगशालामा शनिबार भएको खेलमा थ्रीस्टारको जितमा अनन्त तामाङले हेड गोल गरे ।

अनन्तले १५औं मिनेटमा मिक्छेन तामाङको फ्रिकिक पासमा उत्कृष्ट हेड गोल गरेका थिए । एपीएफले दोस्रो हाफमा केही गोल गर्ने मौका बनाए पनि सदुपयोग गर्न नसक्दा अंक गुमायाे ।

‘म्यान अफ दी म्याच’ घोषित भएका थ्रीस्टारका अनन्त तामाङले १० हजार रुपैयाँ पाए । थ्रीस्टार र एपीएफको यस खेलसँगै लिगमा तेस्रो चरणको खेल पनि सकिएको छ ।

यो जितसँगै थ्रीस्टारले तीन खेलबाट सात अंक बनाएको छ । शीर्ष स्थानमा रहेको मनाङ मर्स्याङ्दी क्लबको समान खेलबाट नौ अंक छ । ६ अंकसहित मच्छिन्द्र तेस्रो स्थानमा छ । दोस्रो हार खेपेको एपीएफको एक अंक छ ।

पहिलो खेलमा मनाङसँग २-० गोलले पराजित भएको एपीएफले दोस्रो खेलमा हिमालयन शेर्पा क्लबलाई १-१ गोलको बराबरीमा रोकेको थियो ।

प्रकाशित समय १९:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु