गृहपृष्ठ यूईएफएले लगायो म्यानचेस्टर सिटीमाथि दुई वर्षको प्रतिबन्ध
यूईएफएले लगायो म्यानचेस्टर सिटीमाथि दुई वर्षको प्रतिबन्ध
इंग्लिस प्रिमियर लिगको म्यानचेस्टर सिटीमाथि आगामी दुई सिजन युरोपेली प्रतियोगितामा सहभागी हुन नपाउने गरी प्रतिबन्ध लागेको छ ।
म्यानचेस्टर सिटीलाई युरोपेली फुटबलको सर्वोच्च संस्था यूईएफएले दुई वर्षका लागि प्रतिबन्ध लगाएको हो ।
सिटीले यूईएफएको क्लब लाइसेन्सिङ तथा फाइनान्सियल फेयर प्लेको नियमको गम्भीर उल्लङ्घन गरेको पाइएको थियो । जसकारण सिटीलाई दुई वर्ष प्रतिबन्धसँगै ३० मिलियन युरो जरिवाना समेत गरिएको छ ।
सिटीले यस विषयलाई कोर्ट अब आर्बिट्रेसन फर स्पोर्टमा अपिलको लागि पुर्याएको छ । सिटीले यस किसिमको सजाय पाउँदा अचम्मित नभएको बताउँदै अपिल गर्ने बताएको छ ।
प्रकाशित समय ०८:४६ बजे

















