गृहपृष्ठ सरस्वती क्लबका कप्तान दीपेश श्रेष्ठलाई २ वर्षको प्रतिबन्ध

सरस्वती क्लबका कप्तान दीपेश श्रेष्ठलाई २ वर्षको प्रतिबन्ध

अखिल नेपाल फुटबल संघ (एन्फा)ले सरस्वती क्लबका कप्तान दीपेश श्रेष्ठलाई खेल मिलेमतोको अभियोगमा २ वर्षको प्रतिबन्ध लगाएको छ । एन्फाले उनलाई ५० हजार रुपैयाँ जरिवानासमेत  तोकेको छ ।

एन्फाले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै प्रतियोगिता नियमावलीविपरित कार्य गरेकाले अनुशासन समितिको बैठकले कारवाही गरेको जनाएको छ । लिगको ५९औं खेल यति हिमालयन शेर्पा क्लबविरुद्धको खेलका लागि दीपेशले खेल मिलेमतोको प्रस्ताव गरेको आशंकामा एन्फाले दीपेशलाई अन्तिम ३ खेल खेल्नबाट प्रतिबन्ध लगाएको थियो ।

सोही घटनामा एन्फाले हिमालयन शेर्पाका व्यवस्थापक विजेन्द्र पुडासैनीलाई ३ महिनाको प्रतिबन्ध लगाउनुका साथै ३० हजार रुपैयाँ जरिवाना तोकेको छ । त्यस्तो शेर्पाकै गोलकिपर प्रशिक्षक मिन बस्नेतलाई एक पटकलाई सुध्रने मौका दिइ कडा चेतावनी दिइएको एन्फाले विज्ञप्तिमा उल्लेख छ ।

एन्फाले खेल मिलेमतोको अभियोगमा खेलाडीलाई कारवाही गरेको यो पहिलो पटक हो ।

प्रकाशित समय १७:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु