गृहपृष्ठ आहा रारा गोल्डकप : मनाङ अन्तिम चारमा

आहा रारा गोल्डकप : मनाङ अन्तिम चारमा

१८औं संस्करणको आहा रारा गोल्डकपमा मनाङ मर्स्याङ्दी क्लब सेमीफाइनलमा पुगेको छ । आइतबार पोखरा रंगशालामा भएको खेलमा झापा- ११ लाई १-० ले पराजित गर्दै मनाङले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

खेलको पहिलो हाफ बराबरीमा सकिएको थियो । खेलको ७४औँ मिनेटमा अन्जन विष्टले गरेको १ मात्र गोल नै मनाङको जितका लागि पर्याप्त भयो । मनाङ बाइ पाएर सिधै क्वाटरफाइनलमा प्रवेश गरेको हो । झापाले प्रि-क्वाटरमा एपीएफलाई टाइब्रेकरमा पराजित गरेको थियो ।

अब मनाङले फाइनलका लागि त्रिभुवन आर्मी र संकटा बीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित समय १८:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु