गृहपृष्ठ इंग्लिस प्रिमियर लिगका बाँकी खेल खेल्न क्लबहरु तयारी अवस्थामा
इंग्लिस प्रिमियर लिगका बाँकी खेल खेल्न क्लबहरु तयारी अवस्थामा
कोरोनाको कहर विश्वव्यापी रुपमा फैलिएको बेलामा इंग्लिस प्रिमियर लिगका बाँकी खेल खेल्नका लागि फुटबलका केही क्लबहरु तयारी अवस्थामा रहेका छन् ।
न्यूट्रल भेन्यूमा लिगका बाँकी शीर्ष लिगका क्लबहरु अधिकतम १० सम्म न्यूट्रल भेन्यूमा कोरोना भाइरसको महामारीका कारण रोकिएको लिगका बाँकी ९२ खेल गर्ने पक्षमा छन् । तर न्यूट्रल भेन्यूमा खेल्दा लिगको इमानदारीतामा असर पर्ने भएकाले रेलिगेशनको जोखिम हटाइनुपर्ने अंक तालिकामा पुछारतिर रहेका क्लबहरुले बताएका छन् ।
उनीहरुले रेलिगेशनको जोखिम हटाएमा न्यूट्रल भेन्यूमा बाँकी खेलका लागि आफूहरु तयार रहेको बताएका हुन् । ब्राइटनसहितका पुछारतिर रहेका क्लबहरुले रेलिगेशनको जोखिमसहित न्यूट्रल भेन्यूमा खेल्नु उपयुक्त नहुने बताएका छन् ।
प्रकाशित समय ०९:११ बजे

















