गृहपृष्ठ सय दिनपछि इंग्लिस प्रिमियर लिग आजबाट सुरु हुँदै, यस्तो छ तालिका
सय दिनपछि इंग्लिस प्रिमियर लिग आजबाट सुरु हुँदै, यस्तो छ तालिका
फाइल तस्बिर ।
कोभिड- १९ का कारण १०० दिनको लामो स्थगनपछि इंग्लिस प्रिमियर लिगको स्थगित खेलहरु आज (बुधबार)बाट सुरु हुँदै छ । विश्वभरका फुटबल समर्थकका लागि पर्खाइ बनिरहेको प्रिमियर लिग मैदानमा फर्कन लागेको हो । लिग २५ जुलाईमा सकिने छ ।
लिगमा शिर्ष स्थानमा रहेको लिभरपुलको डिफिकल्टी लेवल केवल १.६ प्रतिशत छ । त्यस्तै म्यानचेस्टर सिटीको १.२ मात्रै छ । दुवैका लागि बाँकी खेल जित्न धेरै मुस्किल हुने छैन । तालिकाअनुसार शिर्ष टिमहरुले तुलनात्मक रुपमा कमजोर टिमविरुद्ध प्रदर्शन गर्नु पर्ने छ ।
सबै २० टिमले कुल ९२ खेल खेल्दै छन् । कुनै टिमले ९ खेल खेल्न बाँकी रहँदा कुनै टिमले १० खेल खेल्नु पर्नेछ । चेल्सीको प्रिमियर लिग तथा एफ ए कप मिलाएर औसत ३.६ दिनमा एक खेल खेल्नु पर्ने छ ।
प्रकाशित समय २०:४२ बजे

















