गृहपृष्ठ स्पेनिस ला लिगा : रियल म्याड्रिड उपाधिनजिक
स्पेनिस ला लिगा : रियल म्याड्रिड उपाधिनजिक
सोमबार राति ग्रानाडालाई २-१ गोल अन्तरले हराउँदै रियल म्याड्रिड स्पेनिस ला लिगा फुटबलको उपाधिनजिक पुगेको छ । रियललाई यस सिजनको उपाधि जित्न अब मात्र एक जित आवश्यक छ । लिगमा अब रियलले मात्र दुई खेल खेल्न बाँकी छ ।
फ्रान्सेली पूर्वस्टार जिनेदिन जिदान नेतृत्वको रियलले लिगमा स्पष्ट ४ अंकको अग्रता लिएको छ । शीर्ष स्थानको रियलले ३६ खेलबाट ८३ अंक जोडेको छ । प्रतिस्पर्धी बार्सिलोनाभन्दा रियल ४ अंकले अगाडि छ । हेड टू हेडको आधारमा पनि बार्सिलोनाभन्दा रियल अगाडि छ ।
रियलको लगातार नवाैं जितका लागि फ्रान्सेली डिफेन्डर फिरल्याण्ड मिन्डेले खेलको १०औं मिनेटमा ग्रानाडाविरूद्ध गोल गरेका थिए । त्यसको ६ मिनेटपछि गोल थप्दै करिम बेन्जिमाले रियलको अग्रता दोब्बर बनाए ।

दोस्रो हाफको सुरुवातमा घरेलु टोलीका लागि डर्विन माचिसले एक गोल फर्काएका थिए । ग्रानाडा ५४ अंकसहित लिगको अंक तालिकामा छैटौ स्थानमा रहेको छ ।
प्रकाशित समय १२:२२ बजे

















