गृहपृष्ठ राष्ट्रिय खेलकुद परिषदको सदस्यसचिवका लागि १३ जनाको आवेदन
राष्ट्रिय खेलकुद परिषदको सदस्यसचिवका लागि १३ जनाको आवेदन
राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्यसचिवका लागि बिहीबार अपराह्नसम्म १३ जनाले आवेदन दिएका छन् । राष्ट्रिय खेलुकद परिषदका अनुसार अपरान्ह १२ बजेसम्म १३ जनाको आवेदन परेको हो ।
निवर्तमान सदस्यसचिव रमेश कुमार सिलवालसँगै रोशन महर्जन, अनिल अधिकारी, हर्क बहादुर राई, मिना श्रेष्ठ, शिवराज भट्ट, लिल बहादुर थापा, रविराज कणिकार, अच्युत लामिछाने, निलम बज्राचार्य, अन्जु श्रेष्ठ, मेघराज पौडेल र रामेश्वर श्रेष्ठले सदस्यसचिवका लागि परिषदमा आवेदन दिएका छन् ।
निलम बज्राचार्य र अन्जु श्रेष्ठ पूर्व राष्ट्रिय महिला भलिबल खेलाडी पनि हुन् । यस्तै अनिल अधिकारी नेपाल क्रिकेट संघको बागमती कोषाध्यक्ष हुन् । रविराज कणिकार एथ्लेटिक्स संघमा आबद्ध छन् । रोशन महर्जन १० वर्षदेखि नेपाल व्यायाम मन्दिरमा कार्यसमितिमा नै रहेर काम गरिरहेका व्यक्ति हुन् । उनी शारीरिक सुगठनका निर्णायक पनि हुन् ।
युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाको संयोजकत्वमा रिमबहादुर रानाभाट र इन्दिरा निरौला सदस्य रहेको सिफारिस समितिले आवेदन दिनेमध्येबाट एक महिलासहित तीन जनाको नाम मन्त्रालयमा पेश गर्नेछ । मन्त्रालयले मन्त्रिपरिषदमा पेश गरेको तीन नामबाट एक सदस्यसचिव हुनेछन् । सदस्यसचिवको कार्यकाल चार वर्षको रहनेछ ।
प्रकाशित समय १४:०३ बजे

















