गृहपृष्ठ युडिनेससँग पराजितपछि युभेन्टसले गुमायो उपाधि जित्ने मौका

युडिनेससँग पराजितपछि युभेन्टसले गुमायो उपाधि जित्ने मौका

युभेन्टस लिगका तीन खेल बाँकी हुँदै बाहिरिएको छ । इटालियन सिरी ए फुटबलअन्तर्गत बिहीबार राति भएको खेलमा युडिनेससँग २–१ ले पराजित भएर युभेन्टस बाहिरिएको हो ।

बिहीबार राति घरेलु मैदानमा भएको खेलमा युडिनेसले युभेन्टसलाई पराजित गर्ने क्रममा दुवै गोल दोस्रो हाफमा गरेको हो । खेलको ४२ औँ मिनेटमा माथेज डी लिग्टको गोलबाट लिएको अग्रता युभेन्टसले जोगाउन सकेन ।

युडिनेसका लागि ५२ औँ मिनेटमा नेस्तोरोभ्स्की तथा इन्जुरी समयको दोस्रो मिनेटमा फोफानाले गोल गरेका हुन् ।

प्रकाशित समय १४:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु