गृहपृष्ठ फिफाको महिला वरियतामा नेपाल ९९ औँ स्थानमा
फिफाको महिला वरियतामा नेपाल ९९ औँ स्थानमा
विश्व फुटबल महासंघ (फिफा) ले सार्वजनिक गरेको महिलातर्फको वरियतामा नेपाल ९९ औँ स्थानमा यथावत रहेको छ । पछिल्लोपटक कोरोना भाइरसका कारण कुनै पनि अन्तर्राष्ट्रिय खेल नहुँदा त्यसको प्रभाव फिफा वरियतामा पनि परेको हो । यही कारण वरियतामा कुनै फेरबदल नभएको हो ।
पछिल्लो पाँच महिनादेखि फिफाको वरियता एकनास रहेको पाइएको छ । एसियाली देशतर्फ नेपाल २१औँ स्थानमा छ । दक्षिण एसियाली देशको वरियतामा नेपालको स्थान दोस्रो छ । यस्तै फिफा वरियतामा दक्षिण एसियाली देश भारत ५५ औँ, बंगलादेश १३४ औँ, श्रीलंका १४० औँ, माल्दिभ्स १४२ औँ तथा भुटान १५४ औँ स्थानमा रहेका छन् ।
विश्व वरियतामा अमेरिका पहिलो, जर्मनी दोस्रो, फ्रान्स तेस्रो, नेदरल्यान्ड्स चौथो, स्विडेन पाँचौँ, इङ्ग्ल्याण्ड छैटौँ, अष्ट्रेलिया सातौँ, ब्राजिल आठौँ, क्यानडा नवौँ र उत्तर कोरिया १० औँ स्थानमा रहेका छन् ।
प्रकाशित समय ०७:०८ बजे

















