गृहपृष्ठ पीएसजीलाई स्तब्ध पार्दै बायर्नले जित्यो च्याम्पियन लिगको उपाधि
पीएसजीलाई स्तब्ध पार्दै बायर्नले जित्यो च्याम्पियन लिगको उपाधि
फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई स्तब्ध बनाउँदै च्याम्पियन्स लिग फुटबलको उपाधि जर्मन क्लब बायर्न म्युनिखले जितेको छ । आइतबार राति भएकाे फाइनलमा बायर्नले १-० गोल अन्तरले नतिजा आफ्नो पक्षमा पारेकाे हाे ।
पोर्चुगलको राजधानी लिस्बनस्थित स्टाडियो डा लुज रंगशालामा बायर्नलाई उपाधि दिलाउन किंगस्ले कोमानले ५९औं मिनेटमा गरेको एकमात्र गाेल निर्णायक बन्यो । उनले जोसुवा किमिचको पासमा हेडरमार्फत बललाई जाली चुमाए ।
दुवै टोलीले गोलको अवसरहरू खेर फालेपछि पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । पहिलो हाफमा पीएसजीले तुलनात्मक रुपमा बढी अवसर प्राप्त गरे पनि त्यसलाई सदुपयोग गर्न सकेन । दोस्रो हाफमा बायर्नले केही आक्रमक खेलेकाे थियाे ।
यस सँगै बायर्नले छैटौंपटक च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएको छ । यसअघि बायर्नले १९७४, १९७५, १९७६, २००१ र २००१३ मा उपाधि जितेको थियो । पीएसजी भने पहिलोपटक फाइनल पुगेकाे हाे ।सेमीफाइनलमा बायर्नले लियोनलाई र पीएसजीले आरबी लाइपजिगलाई पराजित गरकाे थियाे ।
प्रकाशित समय १२:१३ बजे

















