गृहपृष्ठ बन्द प्रशिक्षणअघि क्रिकेट खेलाडीको कोरोना परीक्षण

बन्द प्रशिक्षणअघि क्रिकेट खेलाडीको कोरोना परीक्षण

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका खेलाडीको कोरोना परीक्षण गरिने भएको छ । बन्द प्रशिक्षण सुरु हुनुअघि मंगलबार २२ खेलाडीको कोरोना परीक्षण गर्न लागिएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । प्रशिक्षण मंसिर १० गतेदेखि काठमाडौंमा सुरु हुँदै छ ।

आगामी अन्तर्राष्ट्रिय प्रतियोगितालाई मध्यनजर गर्दै क्रिकेट टोलीको प्रशिक्षण सुरु गर्न लागिएको हो । कोरोना परीक्षणपछि सरकारको नीतिअनुसारको स्वास्थ्य मापदण्ड पूरा गरेर बन्द प्रशिक्षण शिविर सञ्चालन गरिने क्यानले जनाएको छ ।

बन्द प्रशिक्षणमा ज्ञानेन्द्र मल्ल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उप‑कप्तान), पारस खड्का, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, शरद भेषावकर, वसन्त रेग्मी, विनोद भण्डारी, सुशन भारी, ललित राजवंशी, पवन सर्राफ, अभिनाश बोहोरा, रोहितकुमार पौडेल, कुशल मल्ल, कमलसिंह ऐरी, सन्दीप जोरा, भुवन कार्की, आरिफ सेख, सुवास खकुरेल, रसिद खान र किशोर महतो सहभागी हुनेछन् । राष्ट्रिय पुरुष क्रिकेट टोलीका प्रशिक्षक जगतबहादुर टमाटा हुन् ।

प्रकाशित समय ०८:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु