गृहपृष्ठ विश्व फुटबलका ‘भगवान्’ भनेर चिनिने म्याराडोनाको निधन

विश्व फुटबलका ‘भगवान्’ भनेर चिनिने म्याराडोनाको निधन

विश्व फुटबलका ‘भगवान’ भनेर चिनिने अर्जेन्टिनाका पूर्वप्रशिक्षक डिएगो म्याराडोनाको हृदयघातका कारण निधन भएको छ । ६० वर्षको उमेरमा निधन भएका म्याराडोनाको गत नोभेम्बरमा मस्तिष्कमा जमेको रगतको शल्यक्रिया गरिएको थियो ।

अर्जेन्टिनाले १९८६ को विश्वकप जित्दा म्याराडोना कप्तान थिए र उनले क्वार्टर फाइनलमा बेलायतविरुद्ध प्रख्यात ‘ह्यान्ड अफ गड’ गोल गरे जसले गर्दा म्याराडोनाको नेतृत्वमा अर्जेन्टिनाले पहिलो विश्वकप जित्न सफल भयो ।

पहिले खेलाडीका रूपमा चर्चित म्याराडोना पछि अर्जेन्टिनाको राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक बनेर चर्चा कमाउन सफल भएका थिए । उनले सुरुकै खेलको दौरानमा पहिलो पटक टेलिभिजनमा अन्तर्वार्ता दिँदै भनेका थिए, ‘राष्ट्रिय टोलीबाट खेल्दै विश्वकप उपाधि जित्नु मेरो कल्पना, सपना र जपना हो ।’ नभन्दै २६ वर्षको उमेरमा सन् १९८६ मा उनले झन्डै आफू एक्लैको भरमा अर्जेन्टिनालाई विश्वकप उपाधि जिताए ।

त्यो विश्वकपलाई ‘कोपा म्याराडोना’ अर्थात् म्याराडोनाको विश्वकप भन्ने गरिन्थ्यो । चार वर्षपछि उनकै नेतृत्वमा अर्जेन्टिना फेरि एकपटक विश्वकपको फाइनलमा पुग्न सफल भएको थियो । स्पेनको बार्सिलोना क्लबमा उनी सधैँ सम्मानित भइरहे ।

प्रकाशित समय ०७:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु