गृहपृष्ठ मेस्सी र रोनाल्डो आमने-सामने, नतिजा रोनाल्डोको पक्षमा

मेस्सी र रोनाल्डो आमने-सामने, नतिजा रोनाल्डोको पक्षमा

इटालियन च्याम्पियन युभेन्टसले यूईएफए च्याम्पियन्स लिगअन्तर्गत ‘समूह जी’को अन्तिम खेलमा बार्सिलोनाको घरेलु मैदानमा ३-० को जित दर्ता गरेको छ । युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डोले २ तथा वेस्टन मकेनीले १ गोल गरे ।

खेलको १३औं मिनेटमा फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई नै पेनाल्टी क्षेत्रभित्र रोनाल्ड अरौजोले लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । त्यस अवसरलाई रोनाल्डोले खेर फालेनन् । २०औं मिनेटमा युभेन्टसले अमेरिकी मिडफिल्डर वेस्टन मकेनीको गोलमा अग्रता दोब्बर बनायो । दोस्रो हाफको सुरुवातमै युभेन्टसले अर्को पेनाल्टी पायो । उक्त पेनाल्टीलाई रोनाल्डोले गोलमा परिणत गर्दै युभेन्टसलाई ३-० को अग्रता दिलाए ।

यस जितसँगै युभेन्टस अंक तालिकाको शीर्षस्थानमा रहेर अन्तिम १६ मा प्रवेश गरेको छ । युभेन्ट्स र बार्सिलोना दुवैको ६ खेलमा १५ अंक भए पनि हेड टु हेडमा युभेन्टस अघि रहेको हो ।

प्रकाशित समय १२:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु