गृहपृष्ठ नेपाल फिफा वरीयतामा यथावत्

नेपाल फिफा वरीयतामा यथावत्

नेपाल फुटबल वरीयतामा यथावत् रहेको छ । विश्व फुटबल महासंघ (फिफा) ले आज सार्वजनिक गरेको वरीयताअनुसार नेपाल १७१औं स्थानमा यथावत् रहेको हो । नेपालले एक महिनायता कुनै पनि अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता खेलेको छैन ।

बंगलादेशबाहेक अन्य दक्षिण एसियाका सबै देशको वरीयता यथावत् छ । बंगलादेश फिफा वरीयतामा दुई स्थान झरेको छ । गत साता बंगलादेश विश्वकप छनोटअन्तर्गत कतारसित पराजित भएको थियो । दक्षिण एसियाली देशमध्ये भारत १०४औं स्थानमा, माल्दिभ्स १५५, बंगलादेश १८६, भुटान १८९, पाकिस्तान २०० तथा श्रीलंका २०६औं स्थानमा छ ।

फुटबलको विश्व वरीयतामा बेल्जियम शीर्ष स्थानमा यथावत् छ । फिफा वरीयतामा फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, इङ्ल्यान्ड चौथो, पोर्चुगल पाँचौँ, स्पेन छैटौं, अर्जेन्टिना सातौं, उरुग्वे आठौँ, मेक्सिको नवौं र इटाली १०औं स्थानमा छन् ।

प्रकाशित समय ०८:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु