गृहपृष्ठ स्पेनिस ला लिगा : ‘संघर्षपूर्ण’ जित निकाल्दै दोस्रो स्थानमा उक्लियो बार्सिलोना

स्पेनिस ला लिगा : ‘संघर्षपूर्ण’ जित निकाल्दै दोस्रो स्थानमा उक्लियो बार्सिलोना

उपाधि दाबेदार बार्सिलोनाले आइतबार राति भएको खेलमा रियल बेटिसलाई ३-२ गोल अन्तरले पराजित गरेको छ । बेटिसको मैदानमा एक गोलले पछि परे पनि पुनरागमन गर्दै बार्सिलोनाले संघर्षपूर्ण जित निकालेको हो । जितसँगै बार्सिलोना लिगको दोस्रो स्थानमा उक्लिएको छ ।

खेलको ३८औं मिनेटमा बोर्जाले गोल गर्दै बेटिसलाई अग्रता दिलाएका थिए । ५९औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दै बार्सिलोनालाई १-१ गोलको बराबरीमा फर्काए । मैदान प्रवेश गरेको दुई मिनेटमै मेस्सीले गोल गरेका हुन् ।

६८औं मिनेटमा भिक्टर रुइजले आत्मघाती गोल गर्दा बार्सिलोना २-१ ले अघि रह्यो । तर, त्यसको ७ मिनेटमै भिक्टरले गोल गर्दै बेटिसलाई बराबरीमा पुर्‍याए । खेलको ८७औं मिनेटमा त्रिनकाओले गोल गरेपछि बार्सिलोनाको जित पक्का भयो । बार्सिलोनाले २१ खेलमा ४३ अंक जोडेको छ । बेटिस ३० अंक जोडेर सातौं स्थानमा रहेको छ ।

प्रकाशित समय ११:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु