गृहपृष्ठ बेल्जियमसँग ‘डेब्यु’ टोलीको चुनौती
बेल्जियमसँग ‘डेब्यु’ टोलीको चुनौती
२१ औं संस्करणको विश्वकपको सोमबारको खेलमा बेल्जियमलाई डेव्यु टोलीले चुनौति दिँदैछ । पहिलो पटक विश्वकप यात्रामा निस्किएको पानामालाई यही संस्करणका अघिल्ला खेलहरु हेर्दा कम आँक्न सक्ने स्थितिमा बेल्जियम छैन ।
रंगशालामा बेल्जियमको झण्डा बोकेर बसेकाहरुलाई चिन्ता के पनि छ भने जर्मनीलाई मेक्सिकोले दिएको जस्तै झड्का पानामाले बेल्जियमलार्इ चखाउन पनि सक्छ । समूह चरणका खेलामा उपाधिका दाबेदार भनिएका टोलीलाई कम भनिएका टोलीले धुलो चटाई सकेका छन् । आजको खेल पानामाका लागि बेल्जियमलाई ‘बाघ बुढो भएको’ देखाउने अवसर पनि हुनसक्छ ।
समूह जीका यी दुई टोलीबीचमा रसियाको सोचीस्थित फिस्ट रंगशालामा नेपाली समयअनुसार ८:४५ बजे रेफ्रिले बजाउने पहिले सिठ्ठीसँगै हुने स्पर्धामा पानामाले आफ्नै समर्थकका अलावा बेल्जियम विरोधीहरुको समेत समर्थन पाउनेछ । यस्तो अबसर बेल्जियमका लागि कम उपलब्ध हुनेछ ।
पहिलो खेलमानै पानामालाई पराजित गर्दै विजयी सुरुवात गर्ने लक्ष्यमा रहेको बेल्जियम अहिलेसम्म आपसमा नखेलेको टोलीको रणनीतिसँग अनविज्ञ छ । फिफा बरियतामा ३ नम्बरमा रहेको रोबेर्टाे मार्टीनेजको टोली बेल्जियमले १३ औं नम्बरमा रहेको गारेथ साउथगेटको टिमलाई हराउन त्यति सहज छैन ।
१३ औं पटक विश्वकपको यात्रामा निस्किएको बेल्जियम रहेको समूह जी मा यी दुई राष्ट्रका अलावा ट्युनिसिया र इंग्ल्याण्ड छन् । यी ४ मध्ये २ टोली समूह चरणबाटै घर फर्कनु पर्नेछ भने थप २ राष्ट्रले अन्तिम १६ मा स्थान पक्का गर्नेछन् ।
प्रकाशित समय २०:४० बजे

















