गृहपृष्ठ मेक्सिकाेविरूद्ध ब्राजिलकाे अग्रता
मेक्सिकाेविरूद्ध ब्राजिलकाे अग्रता

विश्वकप फुटबलअन्तर्गत जारी खेलमा मेक्सिकाेविरूद्ध ब्राजिलले गोल गरेको छ । दोस्रो हाफको ५१अाैं मिनेटमा ब्राजिलका नेइमारले गोल गर्दै टिमलार्इ अग्रता दिलाएका हुन् ।
ब्राजिल समूह र्इ को विजेता हो भने मेक्सिको समूह एफको उपविजेता हो । यसअघि, ४० पटक अामनेसामने भएका यी दुर्इ टिममध्ये २३ वटा खेलमा ब्राजिलले जित हात पारेको छ । १० वटा खेल मेक्सिकोले जितेको छ भने सातवटा बराबरीमा टुंगिएका छन् ।
विश्वकप फुटबलमा यसअघि ब्राजिल र मेक्सिको चारपटक भिडिसकेका छन् । ती खेलमा ब्राजिलले ११ गोल गरेको छ भने मेक्सिकोले कुनै गोल गर्न सकेको छैन । सन् २०१४ को विश्वकपमा ब्राजिल र मेक्सिकोले बराबरी खेलेका थिए ।
प्रकाशित समय २०:५१ बजे