गृहपृष्ठ भारोत्तोलनमा सञ्जुको तीन राष्ट्रिय कीर्तिमान
भारोत्तोलनमा सञ्जुको तीन राष्ट्रिय कीर्तिमान
इण्डोनेसिया जारी १८ औं एसियाली खेलकुदअन्तर्गत भारोत्तोलनतर्फ नेपालकी सञ्जु चौधरीले मंगलबार तीनवटा राष्ट्रिय कीर्तिमान बनाएकी छिन् ।
महिला ५३ केजी तौल समूहमा सञ्जुले स्न्याचमा ७२ र क्लिन एण्ड जर्कमा ८६ केजी गरी कल १५८ केजी तौल बहन गर्दै तीन राष्ट्रिय कीर्तिमान बनाएकी हुन् ।
सञ्जुले आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान भंग गरेकी हुन् । यसअघि नेपालगञ्जमा भएको एसियालयी खेलकुद छनोटमा स्न्याचमा ७१ र क्लिन एण्ड जर्कमा ८५ केजी गरी कूल १५६ केजी भार बहन गर्दै कीर्तिमान बनाएकी थिइन् ।
रासस
प्रकाशित समय २१:०२ बजे

















