गृहपृष्ठ तीज मेलाको अवसरमा भलिबल प्रतियोगिता हुने
तीज मेलाको अवसरमा भलिबल प्रतियोगिता हुने
पोखराको बाटुलेचौरमा हुने ऐतिहासिक तिज मेलाको अवसरमा खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । यही भदौं २३ देखि २७ गतेसम्म बाटुलेचौरमा संचालन हुने मेलाको अवसरमा खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो ।
प्रतियोगितामा विजेता टोलीले ५० हजार र उपविजेता टोलीले ३० हजारका साथ ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिने हिमालय क्लवका अध्यक्ष मोहन बहादुर थापाले बताए । भलिवल खेलका सह–संयोजक योगेन्द्र बहादुर बस्नेतले विभागीयसहितका करिब १२ टिमको सहभागिता हुने तयारी भएको बताए ।
यस्तै गरिमा विकास बैंक अन्तर विद्यालय स्तरीय ह्याण्डबल प्रतियोगितामा छात्र तथा छात्रा तर्फ २०÷२० टिमको सहभागिता रहने छ । विजेता टोलीलाई २० हजार, उपविजेतालाई १५ हजार रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिने आयोजकले जनाएको छ । इन्द्रेणी क्याटरिङ अन्तर बिद्यालयस्तरीय लोकनृत्य प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रममा विजेतालाई ८ हजार, उपविजेतालाई ६ हजार र तेश्रो हुनेलाई ४ हजार साथमा प्रमाणपत्र वितरण गरिने भएको छ ।
भदौं २६ गते श्रष्टासम्मान गरिने भएको संयोजक प्रकाश थापाले बताए । पत्रकार सुष्मा पौडेल, सुगम संगीतमा ईतु जोजिजू, लोक गायीका सरस्वती लामिछाने, सहयोगी संस्था प्रगति ईङलिस बोर्डिङ स्कूल उक्त अवसरमा सम्मानित हुने भएका छन् ।
पोखराको बाटुलेचौरमा संचालन हुने मेला सम्पन्न गर्न करिब १७ लाख रुपैयाँ खर्च हुने आयोजक अर्थ समितिका संयोजक शिव देवकोटाले बताए । उनका अनुसार हालसम्म करिब १५ लाख रुपैयाँ संकलन भएको छ । करिब ५० प्रतिशतभन्दा बढी रकम भने सामाजिक संजालमार्फत संकलन भएको उनले बताए ।
प्रकाशित समय ०७:३६ बजे

















